मन्दीपका हत्या आरोपित सार्वजनिक (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १८ गते आइतवार

दाङ : तुलसीपुरको अटो भिलेजमा रेडिइटर मर्मत गर्ने मन्दीप भुजको आफनै साथीहरुले हत्या गरेको प्रहरी सार्वजनिक गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क क्षेत्रमा मदिरा सेवन गरि राती साथीको हत्या गर्ने चार जनालाई प्रहरी घटना भएको ५ घण्टा भित्रै पक्राउ गरि सावृजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरेर मदिरा र लागु औषध सेवन गरि आफनै साथीको हत्या गर्ने चार जना युवालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । मन्दिप भुजको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अर्घाखाची घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने सौरव पोख्रेल, तुलसीपुर ५को अजय बुढाथोकी, आशिस नेपाली, ओम बहादुर सार्की लाई प्रहरीले सावजनिक गरेको हो ।

मन्दिपको हत्या ढुङगा प्रहार गरि भएको र आफुहरुले हत्या गरेको चारै जनाले स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले बताए ।

दाङ प्रहरी प्रमुख गणेश चन्दले हत्या भएको केहि घण्टामै अभियुक्तहरु पक्राउ पर्नु प्रहरी अनुसन्धान मा सफल भएको बताए । उनले कुनै पनि अवस्थामा दोशी उम्कन नसकने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार