
सल्यान : सल्यानमा पहिलो पटक २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत,पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २५ जनामा कोरोना संक्रमण देखीएको हो।
संक्रमीत सबै बनगाड कुपिन्डे नगरपालिकाका हुन।संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका-१ का १९, २०, ४० ६० वर्षीय पुरुष, वडा नं. २ का १९ वर्षीय पुरुष, वडा नं. ३ का १७, २७, २७, ३८, वडा नं. ४ का १८, ३३, ४४ वर्षीय पुरुष छन्।
यस्तै वडा नं. ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षिय पुरुष तथा वडा नं. ७ का ३८ वर्षीय पुरुष रहेका छन्। संक्रमित सबै क्वारेनटाइनमा बस्दै आइरहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ। उनीहरु सबै भारतबाट आएको बुझिएको छ।
