• २०७७ कार्तिक ४ गते मङ्गलवार

लकडाउन आगामी जेठ ३२ गतेसम्म

सीमानाका र विमानस्थल असार १३ गतेसम्म नखुल्ने
Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १७ गते शनिवार

काठमाडौं, १७ जेठ : सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको अवधि आगामी मंगलबार जेठ २० गते सकिदैछ ।

मन्त्रिपरिषदको शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकले कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सुझावमा लकडाउन लम्ब्याउने निर्णय गर्दै अन्र्तराष्ट्रिय सीमानाका र विमानस्थलहरु असार १३ गतेसम्म नखोल्ने निर्णय गरेको छ ।

बैठकले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना पनि स्वीकृत गरेको छ । यस अघि शुक्रबार कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले विदेशमा अलपत्र नेपालीलाई ल्याउने कार्ययोजना तयार पारेको थियो ।

यसरी विदेशबाट फर्किएकाहरुले स्वदेश फर्किएपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार