• २०७७ कार्तिक ६ गते बिहिवार

दाङको तुलसीपुरमा एक युवकको हत्या

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १७ गते शनिवार

शरद रेग्मी
तुलसीपुर : दाङको तुलसीपुरमा एक युवकको हत्या गरिएको छ । तुलसीपुर उपमहानगरपालिका ९ मैनानगर निबासी २७ बर्षका मन्दिप भुजको गएराती हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं ईन्स्पेटर चक्र डमरपालले जानकारी दिए ।

तुलसीपुरको अटोभिलेज देखि करिब डेढ सय मिटर उत्तर तर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुज शनिवार बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रवक्ता डमरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ । यसैबिच प्रहरीले अनसुन्धानका लागि भुजको हत्यामा संम्लग्न हुन सक्ने भन्दै ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको ईप्रकाका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार