• २०७७ कार्तिक १३ गते बिहिवार

कोरोना भाइरसबाट विश्वभर २६ लाख ५६ हजार १ बढी उपचारपछि निको

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १७ गते शनिवार

काठमाडौं, १७ जेठ : विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना कोभिड–१९को संक्रमणबाट २६ लाख ५६ हजार १ सय बढी मानिस संक्रमणबाट मुक्त भइ घर फर्किएका छन् ।

शनिवार विहान सम्म २६ लाख ५६ हजार १४४ जना मानिस संक्रमणमुक्त भएका छन् । ५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म २१३ मुलुक र २ पानीजहाजमा गरी ६० लाख २६ हजार ३७५ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ४६८ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ८६९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६६ हजार ४१८ पुगेको छ। ३० लाख ३ हजार ८१३ जनाको उपचार भइरहेकोमा ५३ हजार ७३६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार विहान ५ बजेसम्म १ लाख ७२ हजार ५३१ जनाको मृत्यु भएको छ ।

१९ लाख ८६ हजार ८९१ जना संक्रमित भएकोमा ९ लाख ६३ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख १० हजार ९१३ पुगेको छ । त्यसमध्ये ६ लाख ४६ हजार २५० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २९ हजार ६६५ जनाको मृत्यु भएको छ । १० लाख ८० हजार ४३४ जना संक्रमित भएकोमा ६ लाख ५१ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार १५४ जनाको मृत्यु भएको छ । ७ लाख ९७ हजार ८६८ जना संक्रमित भएकोमा ३ लाख २७ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ९४५ जनाको ज्यान गएको छ भने १ लाख ३७ हजार ५४४ जना संक्रमित छन् । संक्रमितमध्ये ५८ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७८२ जना संक्रमित भएकोमा ८ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार