• २०७७ मङ्सिर ११ गते बिहिवार

आमाको निधन भएपछि नवजात शिशुलाई बचाउन बाख्रो सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १६ गते शुक्रवार

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले बच्चा जन्माउँदा आमाको निधन भएकी तुलसीपुर ९ बेलुवाकी नवजात शिशु अञ्जली चौधरीलाई दुध खुवाउनको लागी एक एउटा बाख्रो सहयोग गरेको छ । बेलुवा निवासी गिता चौधरीको गत बैशाख १२ गते नेपालगञ्ज हस्पिटल सुत्केरी हुदाँ उपचारको क्रममा निधन भएको थियो ।

छोरीलाई जन्मदिएको ९ घण्टा पछि उनको निधन भएको थियो । ति नबजात शिशु अञ्जलीलाई बचाउन र पालन पोषण गर्न आमाको दुधको रुपमा बाख्राको दूध पोषिलो हुने भएकोले वडा कार्यालयले एउटा बाख्रो प्रदान गरेको वडाध्यक्ष घनश्याम ढकालले बताए ।

‘ आमाको त निधन भयो, तर ति बच्चालाई बचाउनु प¥र्याे,’ उनले भने,‘ अन्य दुधले बच्चालाई असर गर्ने भएकाले बाख्रो दुधले राम्रो गर्ने हुदाँ बालबालिका लक्षित शिर्षकबाट एउटा दुधालु बाख्रा सहयोग गरेका छौँ । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार