• २०७७ फाल्गुन २२ गते शनिवार

दाङमा शुक्रबार थप पाँच जनामा कोरोना

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १६ गते शुक्रवार

दाङ, १६ जेठ : दाङमा थप पाँचजनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणमा दाङको बंगलाचुली गाउँपालिकाका ४ जना र बबई गाउँपालिकाका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकाहरुमा बबई गाउँपालिका ६ हापुरेका ३० वर्षिय १ जना, बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षिय, वडा नम्बर १ का २७, २८ र ३३ वर्षका व्यक्तिहरुमा कोरोना संक्रमण भएको पाइएको छ ।

भुलीडाँडा क्वारेन्टाइनमा बस्ने १ जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने ३ जना रहेको गाउँपालिकाले जनाएको छ । बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन बसेकाहरु रहेका छन् । उनीहरु सबै भारतबाट आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार