• २०७७ कार्तिक १५ गते शनिवार

तोरी जोन दाङ र उपभोक्ताहरुको लगानीमा डेढ सय मिटर भन्दा बढि पक्कि कुलो निर्माण

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १६ गते शुक्रवार


शान्तिनगर : शान्तिनगर २ अमुवामा तोरी जोन कार्यक्रम दाङको आर्थिक सहयोगमा डेढ सय मिटर भन्दा बढि पक्कि कुलो निर्माण गरिएको छ । अमुवामा रहेको प्रगशिल महिला कृषक समुहको ५० प्रतिशत र तोरी जोन दाङको ५० प्रतिशत गरी ३ लाखको लागतमा १ सय ६१ मिटर पक्कि कुलो निर्माण भएको समुहकी अध्यक्ष सरस्वती न्यौपानेले बताईन् ।

उक्त पक्कि कुलोले २० विगाह भन्दा बढि जमिनमा सिंचाई सहज हुने समेत उनले बताईन् । गत बर्षदेखी उक्त गाउँमा जोरी जोन कार्यक्रम लागु भएता पनि सिंचाई अभावका कारण सोच जस्तो तोरी उत्पादन नभएको अध्यक्ष न्यौपानेको भनाई छ ।

‘ तोरीमा पानी सिंचाई गर्नको लागी गाउँमा पानी अभाव हुन्छ,’ उनले भनिन्,‘ गाउँ ठुलो छ, पानीको मुहान सानो छ, आला पालो गरेर सिंचाई गर्दा आफ्नो बारी सम्म पक्कि कुलो नहुदाँ पानी आउँदैन्थ्यो, जसले गर्दा सिंचाईमा समस्या हुन्थ्यो ।

अब पक्कि कुलो निर्माण भएपछि सहज हुन्छ ।’ उक्त समुहले गत बर्षदेखी २० विगाह बारीमा उन्नत जातको तोरी खेती गर्दै आएको छ । तोरी जोन कार्यक्रमले तोरी उत्पादन बढाउनको लागी कृषकहरुलाई उन्नत जातको तोरी, मल,कृषी औजार, भकारो सुधार, साना सिंचाईको लागी लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार