• २०७७ मङ्सिर ११ गते बिहिवार

पश्चिम रुकुम घटनाका दोषीलाई कारवाहिको माग गर्दै तुलसीपुरमा एक घण्टा अनशन (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १६ गते शुक्रवार

शरद रेग्मी


तुलसीपुर, १६ जेठ : दाङका विभिन्न दलित अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुले पश्चिम रुकुममा दलित युवा माथि गरिएको विभत्स हत्याको विरुद्धमा आन्दोलन सुरु गरेका छन ।

उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग समेत गरेका छन् । दलित नागरिक समाज दाङ, नेपाल दलित विद्यार्थी समाज दाङ लगाएतका संस्थाहरुले उच्च स्तरीय छानविन समिति गठन, ज्यान मार्ने गरेको अपराधिक घटना घटाउने व्यक्तिहरुलाई आजिवन कारबासको सजायको माग गर्दै र ज्यान गुमाउने व्यक्तिहरुलाई सहिद घोषणा गर्न माग समेत सडकबाट निरन्तर दबाब सृजना गर्ने र बेपत्ताको तत्काल खोजी र घाइतेको उपचार र निप्पक्ष छानविनको माग गरेर आन्दोलनको सुरुवात गरिएको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए ।

उनीहरुले आज विहान तुलसीपुरको विपी चोकमा एक घण्टा अनसन बसेर बिरोध जनाएका छन । त्यसैगरी आजै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत गृहमन्त्रीको ध्याणाकर्षण बनाउने कार्यक्रम रहेको नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार