तुलसीपुर उपमहानगरलाई १२ सय लिटर स्यानिटाइजर सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १५ गते बिहिवार


शरद रेग्मी
दाङ, १५ जेठ
: तुलसीपुर उपमहानगरपालिकालाई १२ सय लिटर स्यानिटाइजर सहयोग गरिएको छ । उपमहानगरपालिका भित्र रहेको स्वास्थ्य सस्था र स्थानीय सरकारले प्रयोग गर्ने गरि उक्त स्याजिनटाइजर प्रदान गरिएको हो । तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोभिड–१९ प्रतिकार्यका लागि निजी तथा साझेदारी परियोजना कार्यक्रम अन्तरगत उत्पादन गरिएको स्यानिटाइजर उपमहानगरलाई प्रदान गरिएको हो ।


युएसएआइडी विपद् जोखिम व्यवस्थापन परियोजना तयार नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजनाले स्थानीय युवाहरुलाई प्रयोग गरेर स्वानीटाइजर उत्पादन गरेको थियो । स्यानिटाइजर उत्पादन गर्ने र स्थानीय सरकारको समन्वयमा नगरका १९ वडामा नै निःशुल्क रुपमा वितरण गर्ने उदेश्य अनुसार उपमहानगर र अन्तरगतका स्वास्थ्य संस्थाहरुलाई स्यानीटाइजर प्रदान गरिएको टिम लिडर विनिल केसीले बताए ।
यसै बीच विहिवार एक कार्यक्रमका बिच उत्पादिक स्यानिटाइजर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई स्यानिटाइजर प्रदान गरिएको छ ।

नगरप्रमुख पाण्डेले राम्रो काम भएको भन्दै, यसलाई सहि सदुपयोग गर्ने बताए । उनले विपदमा सबैको सहयोग र सहकार्य आबश्यक रहेको बताए । संघका अध्यक्ष विर बहादुर रावतले विपदका संघको सहकार्य संर्ग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार