• २०७७ कार्तिक १२ गते बुधवार

दाङबाट १७ जनाको कैद मिनाह

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १५ गते बिहिवार


दाङ : दाङका २ कारागारबाट १३ औं गणतन्त्र दिवसका अवसरमा १७ बजनाको कैद मिनाह गरिएको छ । असल चालचलन भएका ५० प्रतिशत कैद भुक्तान गरिसकेका उनीहरुलाई सरकारले बाँकी कैद मिनाह गरिदिएको हो । तुलसीपुर कारागारबाट १० जना र घोराही कारागारबाट ७ जना गरि १७ जनाको कैद मिनाह गरिएको हो ।

कैद मिनाह हुनेमा सवारी ज्यान, कर्तव्य ज्यान, हातहतियार तथा खरखजना तथा डाँका चोरीका कैदीहरु हुन । तुलसीपुरमा कैद मिनाह हुनेहरुमा दाङ, बाँके, प्युठान र रुपन्देहीका भएको कारागारले जनाएको छ । उनीहरु सवैलाई आजै घर पठाइएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिए ।

तुलसीपुरमा ४४८ जना कैदीबन्दी र उनीहरुसंग आश्रित ४ जना बालबालिका रहेको उनले बताए । तुलसीपुर कारागार ३ सय जनासम्म क्षमता भएको हो । त्यसैगरी घोराही कारागारमा २६६ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ । घोराही कारागार ५० जना सम्मको क्षमता भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार