• २०७७ कार्तिक ११ गते मङ्गलवार

दाङमा थप २ जना र कपिलबस्तुमा ९ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १५ गते बिहिवार


दाङ : दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा गढवा गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरुष र वडा नं. २ का ४१ वर्षीय पुरुषमा विहीवार कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

उनीहरु भारतबाट कपिलबस्तुको कृष्णनगर हुदै दाङ आएका थिए । यो संगै दाङमा संक्रमितको २० पुगेको छ । त्यसैगरी प्रतिष्ठानमा कपिलबस्तु विजयनगर गाउँपालिकाबाट आएको स्वाब परिक्षण गर्दा ९ जनाका कोरोना पुष्टि भएको छ ।

गाउँपालिका वडा नं. २३ र ३० बर्षीय, वडा नं. ५ का २६ बर्षीय र वडा नं. ७ का १७,३७,३९,४०४३ र ५२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । गढवा र कपिलबस्तुबाट १५३ जनाको स्वाब परिक्षण गर्नको लागी आएको मध्य ११ जनामा पुष्टि भएको र १४२ जनाको रिर्पाेट नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार