• २०७७ कार्तिक ६ गते बिहिवार

राप्ती गाउँपालिकामा पनि फौजी किराको प्रकोप, गाउँपालिकाले किरा नियन्त्रणका लागि प्रयास गर्दै

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १३ गते मङ्गलवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ
: राप्ती गाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाको वडा नं १, २, ४, ५र ९ मकै खेतीको राम्रो सम्भावना रहेका र सो क्षेत्रमा फौजी किराको प्रकोप देखिन थालेपछि गाउँपालिकाको कृषी प्रसार शाखाबाट किरा रोकथामको लागि काम सुरु गरिएको प्राविधिक सहायक बरसाती गडरियाले जानकारी दिए ।


गाउँपालिकामा मकै सुपरजोनले सिफारीस गरेका औषधी र कोवरा नामक बायो किटनासक औषधी साथै किङस्टार र कि टोप नामक विषादी तथा स्प्रेयर वडा मार्फत वितरण गरिएको छ । किरा नित्रयन्त्रणको लागी गाउँपालिकाले कृषकलाई आवस्यकता अनुसार औषधी उपचारको ब्यवस्थाका लागि प्रयास गरिरहेको बताईएको छ ।


यसै विच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले संचालन गरिरहेको“एकीकृत सामुदायिक विकास परियोजना“ को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित १०० साना िकसानको करिव १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासंगको समन्वयमा वितरण गरिएको छ ।
विषादीको उपयोग गर्दा अपनाउनु पर्ने सुरक्षा सावधानी सम्बन्धि सचेत गराउदै नामसालिङ द्धारा कृषकलाई वितरण गरिएको छ ।
मकै खोती गरेका कृषकले आफ्नो खेत बारीमा समेत त्यस्तो फौजि किराको लक्षण देखा परे वडा मार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार