
बाँके : बाँकेमा थप एक जना कोरोना भाइरसलाई जितेर घर फकिएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका ८ का १८ वर्षीय युवक पूर्णरुपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
बाँकेमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या अब २२ पुगेको छ ।
३ दिनअघि मात्रै नेपालगञ्जका पहिलो सङ्क्रमित सहित एकैपटक २१ जना कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका थिए । ति युवकमा दोस्रोे पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि स्वास्थ्य परामर्शका साथ घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए।