• २०७७ फाल्गुन २१ गते शुक्रवार

दाङमा रोकिराखेको जेसीवीमा आगजनी गर्ने २ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १२ गते सोमवार


दाङ : दाङमा रोकिराखेको जेसीवीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ४ का ४७ बर्षीय लोकमणि आचार्य र तुलसीपुर १९ का ३९ बर्षीय कृष्ण थापा रहेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

नदीजन्य पर्दाथ उत्खनन् गर्ने क्रममा शनिवार राती तुलसीपपुर ४ को माथिल्लो हलवार ग्वारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीवी माथी आगजनी भएको थियो ।

तुलसीपुर ४ रक्षाचौर कृष्ण बहादुर खड्काको जेसीवी माथी अज्ञात समुहले आगजनी गरे पछि ईलाका प्रहरी कार्यालय तु्लसीपुरले अनुसन्धानलाई अघि बढाएको थियो । आगजनीबाट जेसीवी पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार