• २०७७ कार्तिक ४ गते मङ्गलवार

कोरानो विशेष अस्पतालमा २२ जना कोरोना संक्रमित, क्वारेन्टाइनमा २८२७ जना

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १२ गते सोमवार


दाङ : दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा थप ४ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ । यो संगै अस्पतालमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । रुपन्देही ३ र बर्दियाबाट १ जना कोरोना संक्रमित आएपछि संक्रमितको संख्या २२ पुगेको जिल्लाका कोभिड १९ फोकल पर्सन कमल चन्दले बताए ।

अस्पतालमा दाङका ३ जना, कपिलवस्तुका ६ जना, बाँकेका ८जना, बर्दियाका २ जना रुपन्देहीका ३ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाका १० स्थानियतहले बनाएका क्वारेन्टाइनमा सोमबार सम्म २८२७ जना बसेको फोकल पर्सन चन्दले बताए ।

ति मध्य धेरै जसो भारतबाट र अन्य केही नेपालका विभिन्न जिल्लाबाट आएका उनले बताए । सबै भन्दा बढि घोराही उपमहानगरमा ९२६ जना र बंगलाचुली गाउँपालिकामा ८२३ जना क्वारेन्टाईनमा क्वारेन्टाईनमा बसेको समेत उनले बताए । जिल्लामा अहिले ४८७६ क्वारेन्टाईन बेड स्थापना गरिएको छ, भने अहिले सम्म जिल्लामा १६६ बेडको आईसोलेसन कक्ष रहेको छ, भने शान्तिनगर गाउँपालिकाले १० बेडको बनाउन लागेको छ ।

त्यसैगरी जिल्लामा अहिले सम्म ८१९ जनाको पिसीआर विधीबाट परिक्षण गर्नको लागी स्वाब संकलन गरिएको छ, भने ४४९ जनाको रिर्पाेट नेगेटिभ र ३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ३१७ जनाको परिक्षणको क्रममा रहेको फोकल पर्सन चन्दले बताए ।

जिल्लामा सोमबार सम्म २६५ जनाको आरडिटीबाट परिक्षण गरिएकोमा सबैको रिर्पाेट नेगेटिभ आएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार