• २०७७ मङ्सिर ९ गते मङ्गलवार

तु्लसीपुरका कोरोना संक्रमित डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १२ गते सोमवार

तुलसीपुर : तुलसीपुरका एक जनाले कोरोना जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ बर्षीय कोरोना संक्रमित पुरुष ह डिस्चार्ज भएका छन् । उनी बहिनी जुवाँईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएको ९ दिनपछि उनी निको भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनलाई जेठ २ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको पिसिआर परीक्षणमा लगातार ३ पटकको रिर्पोट नेगेटीभ आएपछि डिस्चार्ज भएको उनले बताए ।

उनलाई घरसम्म ल्याउने तयारी भइरहेको फोकल पर्सन केसीले जानकारी दिए । घरमा आएपछि करिब १ हप्ता घरकै क्वारेन्टाइनमा बस्नु पर्ने उनले बताए । बाहिर बसेपनि तुलसीपुरका स्थायी बासिन्दालाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार