• २०७७ मङ्सिर ९ गते मङ्गलवार

बन गस्ती टोलीद्वारा बँदेलको ३ पाठापाठी र किंग कोब्राको जीवितै उद्धार

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ११ गते आइतवार

दाङ, ११ जेठ : बन गस्ती टोलीले बँदेलका तीन वटा पाठापाठीको उद्धार गरेको छ ।डिभिजन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय बिजौरीबाट नियमित टूर गस्तीका सिलसिलामा विजौरी सव डिभिजन वन कायालयको कार्य क्षेत्र अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका १३ स्थित जनकल्याण सामुदायिक वन क्षेत्रबाट वँदेलका २ वटा पाठा र १ पाठी उद्धार गरेको हो ।

उद्धार गरिएको बँदेलका पाठापाठी डिभिजन वन कार्यालय घोराही दाङमा ल्याईएको सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।यसैगरी घोराही १५ पानी टंकी नजिकबाट स्थानीयहरुले किंग कोब्रा सर्प देखेर उद्धारका लागि अनुरोध गरेकोमा डिभिजन वन कार्यालयबाट गएको सशस्त्र वन रक्षक टोलीले उक्त कोब्राको जीवितै उद्धार गरी धर्नाको जंगलमा लगेर छाडिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार