दाङमा फौजी किराको प्रकोप किसान चिन्तित (फोटो फिचर)

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ११ गते आइतवार


विकास डाँगी
दाङ, ११ जेठ :
फौजी किराले दाङको मकैमा आक्रमण गर्दा किसानहरु चिन्तित भएका छन् । दाङको लमही, घोराही, तुलसीपुर लगाएतका अन्य पालिकाका किसानले रोपेको मकैमा उक्त किराको प्रकोप देखिएको छ ।
समयमै पानी परेर मकै रोपेका किसानले यसबर्ष फसल राम्रो हुने आशामा थिए । तर मकैको बोटमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित भएका हुन ।


फौजी किराले रोपिएको मकै सखाप पारेको शान्तिनगर गाँउपालिका वडा नम्बर २ अमुवा दाङका कृषक मुक्ति बहादुर खड्काले बताए । ‘लकडाउनका कारण आय श्रोत नभएको अबस्थामा समयमै मकै उत्पादन हुने भन्ने लागेको थियो तर अमेरिकन फौजी किराले सखाप पार्दै गएको छ,’उनले भने ।

करिव १ बिगाह क्षेत्रफलमा मकै खेती गरेकी सोही वडाकी रेउती वलीको मकै पनि सखाप भएको बताईन् । उनले मकैको बिउ किन्दा ५ हजार मूल्य लागेको भन्र्द किराले मकै सखाप बनाउँदै गएपछि चिन्ता बढेको बताईन । एउटै टोलको झण्डै ६ बिगाह क्षेत्रफलमा अमेरिकन फौजी किराले मकैको बोट नष्ट भएको शान्तिनगर ४ गबदवाका चेत बहादुर डाँगीले बताए ।

अबको बचेको बोटलाई नष्ट गरि पुनः मकै रोप्नु तयारी गरिएको समेत उनले बताए । त्यसैगरी शान्तिनगर ४ का थल्लुप्रसाद खरालले फौजी किराले मकैमा धेरै क्षति पु¥याएको भन्दै वडाबाट दिएको किटनाशक विषादीले आफुहरुलाई नपुग्ने बताए । ‘आधा मकै त सकियो,अब आधा छ,त्यो पनि विषादी हाल्न पाएका हुन्छ की भन्ने आश छ,’ उनले भने ,‘ तर वडाबाट दिएको औषधीले कस्ले छर्कने कस्ने नर्छकने ।’

फौजी किरा शान्तिनगरमा भने करिब १० दिन पहिले वडा नम्बर ७ को देबिपुरमा पहिलो पटक देखिएको भएता पनि अहिले ७ वटै वडामा यो किराको प्रकोप देखिएको गाउँपालिकाका कृषी शाखा प्रमुख यमकान्त पाण्डेले बताए । गाउँपालिकाले आकस्मिक बाली कोष स्थापना गरेको र त्यहि कोषबाट प्रत्यक वडामा ३० विगाहलाई पुग्ने विषादी र स्प्रे दिएको समेत प्रमुख पाण्डेले बताए ।

यो किराले १३२ वटा बालीलाई नष्ट गर्ने भएता पनि सबैभन्दा बढि मकैलाई गर्ने भएकाले यसलाई नियन्त्रण गर्न सुरक्षित विषादीको प्रयोगबाट गर्ने सकिने समेत बताए ।

यता शान्तिनगर २ ले करिब ४ सय विगाहमा छरिएको मकैलाई पुग्ने गरी किटनाशक औषधी र स्प्रे किरा नियत्रन्णको लागी दिन लागेको वडाध्यक्ष फर्साराम डाँगीले बताए । वडामा कृषी शाखाले दिएको औषधीले नपुग्ने भएकाले थप वडाबाट किनेर दिन लागेको उनले बताए ।

दाङमा ६६ हजार हेक्टर जम्मा खेतियोग्य जमिनमध्ये झण्डै २४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले दाङमा अरुण- २ र रामपुर कम्पोजिट जातका मकैको बीउ सिफारिस गरेको छ ।

भिडियो सहित

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार