• २०७७ मङ्सिर ११ गते बिहिवार

कैदीबन्दीका परिवारलाई राहत दिदै समाजसेवी महतरा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १० गते शनिवार

तुलसीपुर: तुलसीपुरका समाजसेवी टोप बहादुर महतराले लकडाउनको कारण समस्यामा परेका कैदीबन्दीका परिवारलाई घर घरमा पुगी खाद्यान्न तथा नगद सहयोग गरेका छन् । तुलसीपुर उपमहानरपालिका वडा नं १६,१८ र १९ वडाका ५ घरपरिवारलाई चामल, दाल र नुन र नगद दिएको महतराले बताए ।

पिडित सेवा संघबाट घर घरमा गई राहत वितरण गरेको उनले बताए । कैदिबन्दी छोराछोरीलाई पढाउँदै आएका महतराले बालबालिकाका संख्या अनुसार राहत दिएको बताए ।

एक जना मात्र छन्,भने ३० हजार २ जनालाई ५५ सय र ३ जना भएकालाई ८ हजारका दरले नगद सहयोग गरेको संघका जिल्ला संयोजक समेत रहेका महतराले बताए । त्यसैगरी भोलीदेखी अन्यवडाहरुमा समेत कैदिबन्दीका बालबालिकाहरुलाई राहत दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार