• २०७७ फाल्गुन २१ गते शुक्रवार

नेपालमा कोरोना संक्रमित संख्या ५०७ पुग्‍यो, ७० जना निको भएर घर फर्किए

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ९ गते शुक्रवार

काठमाडौ :  नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन्। हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन्।

डडेल्‍धुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे।  कैलालीमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो। बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन्।

उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  बताए। उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका बताइएकाे छ। त्यस्तै माेरङका एक जनामा पनि संक्रमण देखिएकाे छ। हालसम्म काेराेना संक्रमित भेटिएक जिल्ला ४० पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार