• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालगञ्जका २१ संक्रमितले जिते कोरोना

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ९ गते शुक्रवार

बाँके : नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन्।नेपालगञ्ज उपमहानगरपालिका वडा ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज ८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन्। खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र ८ का २० जना कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिष्चार्ज हुन लागेका हुन् ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश बहादुर थापाले पहिलो संक्रमित ब्यक्तिको तेस्रो र अन्य २० जनाको दोस्रो रिपोर्ट नै नेगेटिभ आएकाले उनीहरुलाई डिष्चार्ज गर्न लागिएको बताए ।

बाँकेमा पहिलोपटक बैशाख १९ गते १ जनामा कोरोना संक्रमण देखिए यता हालसम्म १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको क्वारेन्टाइनमा मृत्युु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार