• २०७७ कार्तिक ११ गते मङ्गलवार

बाँके र कपिलवस्तुमा ३ जना कोरोना संक्रमित थपिए : संक्रमितको संख्या ४ सय ५७ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ८ गते बिहिवार

बाँके, ८ जेठ : बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार