• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङका इँट्टाभट्टामा काम गर्ने झण्डै साँढे १२ सय भारतीय स्वदेश फर्किए

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ८ गते बिहिवार


दाङ : दाङका इँट्टाभट्टामा काम गर्ने झण्डै साँढे १२ सय भारतीय मजदुरलाई स्वदेश फर्काउन नेपालगञ्जको जमुनाहा नाकामा पु¥याएको छ ।
दाङका मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन,शुभम, सोनी, जेके, प्रविन लगायतका इँट्टाभट्टामा काम गर्ने १ हजार २३३ जना मजदुरलाई पहिलो चरणमा पठाइएको हो ।
दाङका विभिन्न इँट्टा उद्योगमा गरेर ५ हजार बढी मजदुर कार्यरत छन् ।
इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदूरले घर फर्किन पाउनु पर्ने माग गर्दै पटक पटक प्रदर्शन गर्दै आएका थिए ।


भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो ।
उनीहरूलाई बुधबार राती २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गयरातिमात्रै १ हजार २३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म पु¥याइएको छ ।
सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश ५ का प्रहरी प्रमुख,प्रहरी नायव महानिरिक्षक रविन्द्रप्रसाद धानुक दाङबाट नेपालगञ्ज गएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र प्रदेश प्रहरी प्रमुख,प्रहरी नायव महानिरिक्षक धानुकले भारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार