नेपालमा कोरोना संक्रमितको संख्या ४२७

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ७ गते बुधवार

काठमाडौं :  नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या  ४२७  पुगेको छ। पछिल्लो पटक देखिएका संक्रमितहरू बाँके नरैनापुर, धनकुटा,  कपिलवस्तु र नवलपरासी पश्चिमका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

बाँकेमा नरैनापुर ५ का १७, २०,२८, ३० र ४० बर्षीय पुरुष, खजुरा ५ का २७ बर्षीय पुरुष, धनकुटामा २८,२९, ३५ ३७, बर्षीय पुरुष र २४ बर्षीय महिला , कपिलबस्तुमा १३ जना, २२ ,३५ ४८, बर्षीय पुरुष , कपिलबस्तुकै महाराजगंज गाउँपालिकामा ३, ४, ६, बालबालिका ,१६,२५ र ३२ महिला,१२, २०, २४ र ३४ बर्षीय पुरुष र नबलपासी पश्चिम १ जना २६ बर्षीय पुरुष रहेका छन् ।

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई छ। कुल संक्रमितमध्ये हालसम्म ४५ जना निको भएर घर गइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार