तुलसीपुर र दंगीशरणमा रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरे

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ७ गते बुधवार


दाङ , ७ जेठ : चलचित्र पत्रकार संघ नेपाल जिल्ला शाखा दाङले बुधवार चलचित्र पत्रकारीता दिवस एंव संघको २१ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरी मनाएको छ । लकडाउनको कारणले गर्दा अन्य कार्यक्रम गर्न नपाएको भएता पनि लकडाउको बेला दाङमा रगतको अभाव हुन नदिन संघले रक्तदान कार्यक्रम गरी मनाएको संघका अध्यक्ष शिव पुनले बताए ।

रक्तदान संघका पदाधिकारीहरु, तुलसीपुरमा सकृय ग्रुप दार्ही ग्याङका सदस्यहरु, यातायात ब्यवसायी लगाएतका १८ जनाको गरेका थिए । उक्त कार्यक्रममा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल , व्यवसायी राजेन्द्र महतरा लगाएतकाले रक्तदान गरेका थिए ।

त्यसैगरी नमुना यूवा संसद नेपाल दंगीशरण गाउँपालिकाको आयोजना एवं वडा नं. ५ को समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नं ५ का वडाध्यक्ष सहित ३० जनाले रक्तदान गरेका थिए ।

वडाध्यक्ष दिपक गौतम, जिल्ला यूवा समिती दाङका अध्यक्ष सुरेश रावत, अस्थायी प्रहरी कार्यालय बालापुरका प्रमुख कमल थापा, लगाएत ३० जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा प्रदेश ५ की सांसद विमला वली, गाउँपालिका अध्यक्ष भागिराम चौधरी लगाएतकाको उपस्थिती रहेको थियो । सांसद वलीले लकडाउनको समयमा बिरामीलाई रगतको अभाव हुन नदिन यूवा संसदले गरेको यो कार्य सार्थक रहेको बताईन ।

यस्तै अध्यक्ष चौधरीले नमुना यूवा संसद दंगीशरणले उपलब्धिमुलक कार्य गर्दै आएको भन्दै खुसी व्यक्त गरे । रक्तदान कार्यक्रममा सहभागी यूवाहरुले लकडाउनको समयमा आफनै गाउँमा रक्तदान गर्न सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार