नेपालमा २७ नयाँ कोरोना संक्रमित थपिए , योसंगै संक्रमितहरुको संख्या ४ सय २

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार

काठमाडाैं : नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ।

थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन्। २४ महिला र ३ जनामा महिला रहेका छन्। झापामा ९, माेरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडाैंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका हुन्।

उनीहरुकाे कन्ट्याक्ट ट्रेसिङकाे काम भइरहेकाे मन्त्रालयले जनाएकाे छ। साथै हालसम्म पुरुष ३ सय ४० र ६२ जना महिलामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ।  कुल संक्रमितमध्ये ३७ जना निको भएर घर फर्किएका छन् , भने २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार