• २०७७ फाल्गुन १२ गते बुधवार

नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार

Blood sample with coronavirus positive

काठमाडौँ, ६ जेठ : नेपालमा थप १५ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ३९० पुगेकाे छ ।

मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएकाे छ । प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् ।

कुल संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेकाे छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार