• २०७७ मङ्सिर ११ गते बिहिवार

२ जना असहाय बालबालिकाको लागी युवा ब्यवसायी वलीले घर निर्माण गरिदिदै

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार

तुलसीपुर ,  दाङका एक युवा ब्यवसायीले  तुलसीपुर ४ मा रहेका असहाय २ बालबालिकाको लागी घर निर्माण गरिदिन लागेका छन् । दंगीशरण ६ निवासी युवा ब्यवसायी जयराम वलीले  तुलसीपुर ४ नयाँबस्तीमा बस्ने  १२ बर्षीय तिला पुन र ६ बर्षीय जिवन पुनको लागी घर निर्माण गर्न लागेको वलीले बताए ।

 विगत ३ वर्षदेखि बेसहारा जीवन विताई ति बालबालिकाको लागी करिब २ लाखको लागतमा  घर बनाउन सुरु गरिएको उनले बताए । साथै घरको सोमबार शिलान्यास गरिएको छ । वडा कार्यालय र समाजसेवी वलीको सहकार्यमा घर निर्माण गर्न लागिएको हो ।

आमाको हत्या गरी बुवा जेल चलान भएकै वर्ष घर भत्किएपछि उनीहरु टिनले बारेको घरमा बस्दै आएका थिए । टिनले अत्याधिक पोल्ने, हावाहुरी र वर्षातको कारण बस्न समस्या भएपछि छिमेकीहरुको घरमा बस्दै आएको बालिका पुनले बताईन् ।

‘भएको घर पनि भत्किएपछि कहिले कता, कहिले कता बस्दै आएका थियौँ’ उनले भनिन् ‘घर बन्ने भएपछि धेरै खुशी छु, अब त आफ्नै घरमा बस्न पाइने भयो ।’ उनीहरु तीन वर्षदेखि छिमेकीहरुको सहारामा बस्दै आएका छन् ।

छरछिमेकका घरमा बस्दै आएका उनीहरुका लागि आवश्यक टिन र खाद्यान्न वडा कार्यालयले उपलव्ध गराएको ४ का वडा सदस्य जयबहादुर गिरीले बताए । उनले बालबालिकाहरुको सहयोगका लागि उपनगरपालिकामा पहल गर्ने तयारी भइरहेको समेत बताए । मदन भण्डारीको व्यवस्थापनमा घर बनाउन सुरू गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार