दाङमा लकडाउनमा थप कडाई

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार


शरद रेग्मी
दाङ, ६ जेठ
: दाङ प्रहरिले लकडाउनलाई प्रभाबकारी बनाउनमा थप कडाई गरेको छ । जिल्लाका बिभिन्न शहरहरु सहित राजमार्गमा समेत कडाई गरिएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए । प्रहरीले सर्बसाधारणहरुलाई अनाबश्यक हिडडुल नगर्न समेत अनुरोध गरेको छ । ‘हामिले बारम्बार सर्बसाधारणहरुलाई घरभित्रै बस्न अनुरोध गरेका छौ अटेरि गरेको पाईएमा कानुन अनुसार लकडाउन उल्लघंन गरेबाफतको कार्बाहिको प्रकृया अगाडि बढाउछौ, जिल्ला प्रहरी प्रमुख चन्दले भने’।


यता तुलसीपुर, घोराही र लमहीमा एकाबिहानै लकडाउन उल्लघंन गर्नेहरुलाई होल्डमा राखेर कोरोना महामारी बाट बच्ने उपाएका बारेमा प्रशिक्षण दिईएको छ । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले बिहानै देखि अनाबश्यक सडकमा हिडिरहेका सर्बसाधारणहरुलाई एक घण्टा होल्डमा राखेर प्रशिक्षण दिएर घर पठाईएको छ ।
तुलसीपुरको बिरेन्द्र चोक,बिपि चोक र बसपार्क क्षेत्रमा लकडाउन उल्लघन गरेको भन्दै सर्बसाधारणहरुलाई होल्डमा राखिएको थियो । ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एंव प्रबक्ता चक्र डमरपाल ,प्रहरी निरीक्षक झलक प्रसाद शर्मा
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द कुमार पोखरेल लगाएतकाले चेकजाँचमा कडाई गर्दै साँझ र बिहानको समयमा बिभिन्न बहाना गर्दै घरबाहिर निस्केको पाईएमा कडा भन्दा कडा कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार