बाँकेमा हिजो मात्रै थपिए ५९ जना कोरोना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ६ गते मङ्गलवार

Blood sample with coronavirus positive

बाँके , ६ जेठ : बाँकेमा सोमबार एकै दिन ५९ जना कोरोना भाइरस संक्रमित थपिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान बाँकेका ४७ र राति १२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। संक्रमितहरु सबै नरैना पुर गाउँपालिकाका हुन्। 

भारतबाट आएर नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसेकाको भेरी अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि भएका आठजनालाई दाङको बेलझुण्डीस्थित प्रदेशस्तरिय आइसोलेसन अस्पतालमा राखिएको छ। सोमबार रातिसम्मको तथ्यांकअनुसार बाँकेमा संक्रमितको संख्या ९३ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार