• २०७७ कार्तिक १३ गते बिहिवार

दंगीशरण २ का युवाहरु तरकारी खेतीमा रमाउँदै

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ५ गते सोमवार

प्रकाश केसी

तुलसीपुर , ५ जेठ : दाङमा युवाहरु सामुहिक रुपमा तरकारी खेती शुरु गरेका छन् । दंगीशरण गाउँपालिका २ सरुवाडाँडामा सिर्जनशिल युवा कृषि समुहका ति युवाहरु एक विगाह जग्गा भाडाँमा लिएर खेती गरेको समुहका अध्यक्ष चक्रमिलन विश्वकर्माले बताए ।

गत माघदेखी शुरु गरिएको तरकारी खेतीमा बोरी, टमाटर, काक्रा, खुर्सानी, लौका, करेल लगाएतको लगाएको उनले बताए । साथै तरकारीहरु बेच्न शुरु गरेको समेत बताए । ‘ अहिले फल्न शुरु गरेको छ,’ उनले भने,‘ त्यो पनि गाउँमा विक्रि गर्दै आएको छौँ । बजार लगेर बचौँ भने मुल्य छैन्, गाउँमा ४० रुपैया किलो बोडि, काक्रा बच्दाँ बजारको २०÷२५ मा किलो मुल्य गर्दा समस्या छ । ’

साथै लकडाउनले गर्दा बजार सम्म पु¥याउँने समस्या छ, त्यसैले गाउँ घर मै विक्रि गर्दै आएको अध्यक्ष विश्वकर्माले बताए । ३ विगाह जमिनमा खेती गर्ने लक्ष्य भएता पनि जमिन अभावको कारणले गर्दा शुरुमा १ विगाह ५ बर्षको लागी बार्षीक १६ हजार बुझाउँने गरी भाडाँमा लिएको उनले बताए । ‘ समुहमा ११ जनाको टिम भएता पनि अहिले ३ जना मात्र खटिएर काम गर्दै आएको छौँ,’ उनले भने,‘ जागीर खानु, विदेश जानु भन्दा ब्यवसायिक रुपमा तरकारी खेती गर्दा उपयूक्त होला भनेर यो ब्यवसायलाई अगाडि बढेका छौँ ।’

राष्ट्रिय यूवा परिषद र दंगीशरण गाउँपालिकाबाट यूवाहरुलाई दिदै आएको एक वडा एक उद्मम यूवा कार्यक्रम अन्र्तगतको ५ लाख रुपैया अनुदान पाएपछि ब्यवसयिक खेती गरेको समेत उनको भनाई छ । अहिले सम्म करिब साढे २ लाख लागत लागेकोे समेत उनले बताए । ‘केहि गर्छाैँ भन्ने सोच लिएर गाउँपालिकाबाट अनुदान ल्याएको हो, अब त्यो पैसा खेर जान नदिन हामी लागि परेका छौँ,’ उनले भने,‘ ५ बर्ष भित्र सावा तिर्ने गरी ल्याएको हो । पछिल्लो समय धेरै मानिसहरु अनुदान मात्र खाने काम गरेका हुदैन् ।

तर हामी युवाहरु रोजगार तिर जोडिने यो ब्यवसाय गरेका हौँ ।’ त्यसैगरी बजारमा विचौलीयाको विगविकी छ, हामीले उत्पादन गरेको तरकारी उनीहरुले नै नाफा लिन्छन्, त्यसैले गर्दा ५ बर्षभित्र त्यो पैसा तिर्न सकिन्छ या सकिदैन्, मनमा चिन्ता लाग्ने गरेको उनले बताए । ‘गाउँ मै हामीले उत्पादन गरेको तरकारी न्युतम मुल्यर्मा विक्रि गर्दै आएको छौँ,’उनल भने,‘ तर विचौलीयाहरुले बाहिरबाट तरकारी ल्याई गाउँ मै आई सस्तोमा बेच्नाले हामीलाई असर पर्ने गर्दछ ।’

शुरुमा काम गर्दा बाजो जमिनमा के होला जस्तो लाग्थ्यो, तर हाम्रो दिन रात मेहेनतले थोरै समयमा राम्रोसंग तरकारी फलाउँन सफल भएकोमा खुसी लागेको उनले बताए । अरु जग्गा पाएका आफुहरुले कुखुरा पालन र फलफुल खेती गर्ने सोच बनाएको उनले बताए । ‘

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार