• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा थप ९ जनामा संक्रमण, कोरोना संक्रमित ३०४ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ५ गते सोमवार

Blood sample with coronavirus positive

काठमाडौं ,  ४ जेठ : नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। नेपालमा संक्रमितकाे संख्या ३०४ पुगेकाे छ।  आज देखिएका संक्रमित रौतहट र बाराका रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्।

काठमाडौंमा गरिएकाे परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो।  कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित ३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार