• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोना भाईरसका कारण बाँके नरैनापुरका युवकको मृत्यु भएको पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ४ गते आइतवार

बाँके, बाँकेको क्वारेन्टाइन आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार नियमीत पत्रकार सम्मेलन मार्फत ती युवाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।


मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले दुई पटक बान्ता गरेका थिए । योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु प्रबक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो ।


आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए । भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार