• २०७७ मङ्सिर ११ गते बिहिवार

जुम्ल्याह बच्चा जन्माउँने यादब ८ दिनपछि डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ४ गते आइतवार


तुलसीपुर : तुलसीपुर दाङको तुलसीपुरको रक्षाचौर क्वारेन्टाइमा बस्दा बच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीकी अनिता यादव ८ दिनको उपचार डिस्चार्ज भएकी छन् । यादबले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जुम्ल्याहा बच्चा जन्माएकी थिईन् । २ दिनसम्म भारतबाट हिडेर दाङ आएकी यादवको स्वास्थ्य बच्चा जन्माउँदा निकै कमजोर थियो ।

‘बच्चाको तौल समेत निकै कम थियो ’आर्थिक अबस्था कम्जोर भएको उनको र बच्चाको उपचारको जिम्मा तुलसीपुरमा रहेको तुलसी हस्पिटलले लिएको थियो । जन्मदाँ एउटाको १.८ केजी र अर्काको १.५ केजी तौल रहेको थियो ।

‘आमा र बच्चा दुबैलाई हामीले अस्पतालकै तर्फबाट उपचार ग¥यौ,’ अस्पालतका निर्देशक एवं नब जात शिशु तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले भने,‘ बच्चालाई भेन्टिलेटर र एनआइसियुमा राखेर उपचार गरेका थियौँ । बच्चाहरुको तौल पहिले भन्दा ३ सय ग्राम बढेको छ ।’ अस्पताल बाहेक अन्य सम्पूर्ण खर्च तुलसीपुर उपमहानगरपालिकाले व्यहोरेको थियो । यादवलाई राहत समेत दिएर उपमहानगरपालिकाले घरसम्म पु¥याएको थियो ।

यादवका यसअघि २ छोरा र २ छोरी छन् । आमा र बच्चाको यसअघि पिसिआर समेत भइसकेको र रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार