• २०७७ मङ्सिर ११ गते बिहिवार

क्वारेन्टाईनमा बसेका ब्यक्तिलाई आयुर्वेदिक औषधी वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ४ गते आइतवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ, ४ जेठ :
राप्ती गाउँपालिकाको तिन क्वारेन्टाईनमा बसेका नागरिकलाई राप्ती आयुर्बेदिक चिकित्सालयको तर्फवाट शक्त्ति बद्र्धक आयुर्वेदिक औषधी उपलब्ध गराईएको छ ।
पछिल्लो समय कोरना संक्रमणको भयावह बन्दै गएपछि भारत बाट घर फर्कने क्रममा क्वारेन्टाईनमा बसेका २१ जनालाई शारिरिक तथा मानसिक स्फुर्तीका लागि चिकित्सालयले चुर्ण प्रदान गरेको हो ।


क्वारेन्टाईनमा बसेकालाई आयुर्वेदिक औषधि प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरनारोगको औषधि नभै शरिरमा शक्त्ति प्रदान गर्ने औषधी चुर्ण भएको डाक्टर मदन कुमार विसीले बताए ।
गुडुची चुर्ण लहरे गुर्जो, अस्वगन्धा, आमलकी चुर्णको सेवनले शरिरमा शक्त्ति आउने जसले विभिन्न रोग बाट बच्न सहयोग पुग्ने समेत आयुर्वेदिक औषधी प्रदान गर्दै कविराज कैलाश न्यौपानेले जानकारी लिए ।
राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानिय जडिबुटिको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाईनमा बसेकाको शारिरिक तथा मानसिक स्फुतिका लागि राप्ती आयुर्बेदिक चिकित्सालय तुल्सीपुरले औषधि सहित डाक्टरहरुको परामर्श टोली राप्तीका क्वारेन्टाईनमा पठाएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार