• २०७७ कार्तिक ६ गते बिहिवार

सुत्केरी महिलाको मृत्यु कोरोनाबाट भए नभएको परीक्षण हुँदै : प्रवक्ता डा. देवकोटा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३ गते शनिवार

काठमाडौं : धुलिखेल अस्पतालमा कोरोना संक्रमित आशंका गरिएकी सुत्केरीको परीक्षण नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षण सकिएपछिमात्रै ती सुत्केरीको कोरोनाबाट मृत्यु भए नभएको एकीन हुने बताए।

उनको बिहीबार राति धुलिखेल अस्पतालमा ज्यान गएको थियो।  सिन्धुपाल्चोकको बाह्रबिसे निवासी २९ वर्षीया सुत्केरीमा स्वास प्रश्‍वास समस्या भएपछि बिहीबार धुलिखेल अस्पताल ल्याइएको थियो।

शिक्षण अस्पताल वैशाख २३ गते भर्ना भएर वैशाख २५ मा डिस्चार्ज भएकी ती महिला घर फिरेपछि गम्भीर बिरामी परेकी थिइन्। स्रोतका अनुसार धुलिखेलस्थित पिसिआर ल्याब गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो। अहिले ती महिलाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार