• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरका कोरोना संक्रमित वडा नं. ७ का नभई वडा नं.४ मजुवाका

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३ गते शनिवार

Blood sample with coronavirus positive

तुलसीपुर : तुलसीपुर ७ का कोरोना संक्रमित भनिएका व्यक्तिको पहिचान खुलेको छ । उनी वडा नम्बर ७ का नभई वडा नम्बर ४ मजुवाका रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राणाले काठ्माण्डौमा भेटीएका कोरोना संक्रमित तुलसीपुर ४ रहेको खुल्न आएको जानकारी दिए ।

उनले सम्बन्धित बिरामीसंग आफुले कुराकानी गरेपछि संक्रमित व्यक्ति तुलसीपुर–४ कै पुष्टि भएको बताए ।

फागुनको अन्तिम सातातिर भारतबाट आएका ति व्यक्ति शान्तिनगर गाउँपालिका–५ का बहिनी ज्वाँइको उपचारका लागि शिक्षण अस्पतालमा पुगेका थिए । ति संक्रमित व्यक्तिले ज्वाँईलाई चैत २५ गते कोहलपुरमा लिएर गएका थिए । त्यसपछि त्यहाँ उपचार सम्भव नभएपछि काठ्माण्डौ लिएर गएको उनले बताएको वडा अध्यक्ष रानाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार निकालेको विज्ञप्तीमा तुलसीपुर ७ ठेगाना भएका व्यक्ति कोरोना संक्रमण भएको लखेको थियो । उनी र अहिले संक्रमित व्यक्तिको नाम एउटै भएका कारण मन्त्रालयले ठेगाना गल्ती लेखेको हुन सक्ने उनले बताए ।

दुवै जानको कोरोना परिक्षण भएको तर तुलसीपुर ७ का ति व्यक्तिको रिर्पोट नेगेटीभ आएको खुलेको छ । शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले केहि संचारमाध्यममा शान्तिनगरका व्यक्तिमा संक्रमण भएको आएको बताउँदै शान्तिनगर नभई तुलसीपुर ४ कै भएको बताए ।

मन्त्रालयले खबर गरिसकेपछि आफुले खोजी गरेको शान्तिनगर–५ मा संक्रमित व्यक्तिको बहिनीको घर रहेको खुल्न आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार