नेपालमा फेरी ६ जनामा कोरोना संक्रमण पुष्टि, अहिलेसम्म ३६ जना निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ ३ गते शनिवार

काठमाडौं , ३ जेठ : शनिबार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको नार्खु-११ की २८ वर्षीया महिला, सिराहा सखुवा-१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर-४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

यस्तै, पर्साको वीरगञ्ज-१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ की १८ वर्षीया महिला र चितवन गढौली-१ की २५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । अहिलेसम्म ३६ जना निको भएका छन्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार