दाङका ३ कोरोना संक्रमित मध्य तुलसीपुरका काठमाडौँ बस्छन्

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार


दाङ, दाङमा ३ जना कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको छ । दाङको गढवा गाउँपालिका वडा नं.४ का २३ वडा नं.५ का ३६ बर्षीय पुरुषको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसीआर विधीबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिईन् ।

यो नै दाङमा कोरोना संक्रमित पुष्टि भएको पहिलो घटना हो । प्रतिष्ठानमा ९१ जनाको स्वाब परिक्षण गर्दा शुक्रवार ८९ जनाको रिर्पोट नेगेटिभ आएको र २ जनामा कोरोनो पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानम, लमही जिल्ला स्वास्थ्य कार्यालय प्युठानबाट संकलन गरेको स्वाबको परिक्षण गरिएको हो ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुकी जारी गरेको बिज्ञप्तीमा दाङको तुलसीपुर ७ का ३४ बर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । तर ति ३ पुरुष काठमाडौँको एक हस्पिटलमा कार्यरत रहेको र अहिले पनि काठमाडौ मै रहेको तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार