• २०७७ फाल्गुन १८ गते मङ्गलवार

दाङमा दुई युवामा कोरोनाको संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार

दाङ, दाङको गढवामा पहिलो पटक दुई युवामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना पुष्टि भएको हो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकी उपकुलपति डां संगीता भण्डारीले पहिलो पटक दाङमा कोरोना पुष्टि भएको जानकारी दिईन् ।

उनीहरु दुबैजना केही दिन पहिले भारतबाट आएकाहरु हुन । उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन् । यो नै दाङमा कोरोना संक्रमित पुष्टि भएको पहिलो घटना हो ।

प्रतिष्ठानमा ९१ जनाको स्वाब परिक्षण गर्दा ८९ जनाको रिर्पाेट नेगेटिभ आएको र २ जनामा कोरोनो पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार