• २०७७ कार्तिक ६ गते बिहिवार

बाँकेबाट ८ जना संक्रमित दाङको बेलझुण्डी अस्पतालमा

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार

दाङ, बाँकेको नरैनापुर गाउँपालिकाका ८ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर दाङ स्थित बेलझुण्डी कोरोना अस्पतालमा ल्याइएको छ । उनीहरुलाई शुक्रबार बेलुका करिब ७ बजेतिर दाङ बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डी ल्याईएको अस्पतालले जनाएको छ ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार एम्बुलेन्स चालक खोज्न कठिन भएको हुँदा एउटै एम्बुलेन्समा राखेर दाङ ल्याईएको हो । त्यसैगरी उनीहरुको स्वास्थ्य अवस्था चेकजाँच गरेर उपचार गरिने अस्पालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्माले बताए ।

बेलझुण्डी अस्पतालमा ७ वटा आईसियु र ३ वटा भेन्टीलेटर सहित एक सय बेडको रहेको डा.शर्माले बताए । कोरोना संक्रमितलाई प्रहरीको स्कटीङ गरेर बेलझुण्डीमा ल्याइएको हो ।

यसअघि बर्दियाकी एक ११ वर्षीया कोरोना संक्रमित बालिकालाई दाङ ल्याउने तयारी भएपनि त्यसको दाङमा विरोध भएपछि बाँकेमै राखिएको थियो। बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा रहेका २५आइसोलेनस बेड मध्य सबै भरिएको हुँदा शुक्रबार नयाँ थपिएका ८ कोरोना संक्रमितलाई दाङ ल्याएको हो ।

नरैनापुरमा फेला परेका कोरोना संक्रमित भारतबाट आएका हुन्। उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएको थियो। भेरी अस्पतालमा कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो। 


प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार