• २०७७ कार्तिक ४ गते मङ्गलवार

पूर्व लडाकु खड्कालाई कागती बिक्री गर्न भ्याइ नभ्याइ

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ २ गते शुक्रवार

तुलसीपुर, २ जेठ : लकडाउनका कारण अधिकांस क्षेत्रमा संलग्न नागरिकहरु नोक्सानी व्यहोरिरहेका बेला पूर्व जनमुक्ति सेना रामचन्द्र खड्कालाई भने आफ्नो कृषि उपज विक्रीमा भ्याईनभ्याई छ ।

दाङकोे विजौरीमा २३ कठ्ठा जमिनमा व्यवसायिक कागती खेती गर्दै आएका खड्काको बारी मै ग्राहकहरु पुग्ने गरेकाले बजारीकरणको पनि कुनै समस्या नभएको उनको भनाई छ । रुकुम खाराका पूर्व जनमुक्ति सेना समेत रहेका खड्का अहिले दाङको बिजौरीमा व्यवसायिक कागती खेती गर्दै आएका छन् ।

खड्काले २०७४ देखि तुलसीपुर १९ बिजौरीमा व्यवसायिक कागती खेती गरेका हुन । हाईब्रिड जातको कागती खेती गरेका उनले करिब ८० लाखको लागतमा २३ कठ्ठा जमिन १५ वर्षको लागि बार्षीक ५० हजार तिर्ने गरी लीजमा लिएर खेती गरेका हुन् । हिजोआज कागतीको माग अत्याधिक भएकाले उनलाई भ्याईनभ्याई छ ।

रोपेको ६ महिनादेखि फल्न शुरु गरेको कागती अहिलेसम्म २५ कुईन्टल बिक्री गरेकोउनले बताए । २०५८ देखि जनमुक्ति सेनामा लागेका उनी शान्ति सम्झौता पछि अफगानिस्तान र २ पटक मलेसिया गए। त्यहाँ पनि सोचे जस्तो कमाइ नभएपछि उनी कागती खेतीतिर लागेको बताए । कागतीको विषयमा जानकारी लिएपछि उनले हाईब्रिड १५ सय कागतीका बोटबाट खेति शुरु गरेको बताए ।

हाल कागतिको मूल्य प्रतिकिलो १ सय २० रुपैँया र क्विन्टल १२ देखि १५ हजार रुपैयाँ रहेको छ । तर, यसरी व्यवासीकरुपमा खेति गर्दा पनि खड्काले राज्यबाट अनुदान पाएका छैन् ।नेपालमा वार्षिक रुपमा २ अर्ब भन्दा बढीका कागतीे बाहिरबाट आयात हुने गर्दछ ।

आयातको दर घटाउनलाई सरकारले कृषि, पशुपंक्षी तथा फलफूलमा व्यवसायीकरणका नारा लगाउदै आएपनि खड्का जस्ता कृषकलाई अझै प्रोत्साहन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार