• २०७७ फाल्गुन १८ गते मङ्गलवार

तुलसीपुरमा अब हप्ताको ३ दिन मात्र बैंक खुल्ने

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार

तुलसीपुर, तुलसीपुरमा लकडाउनको संवेदनशिलतालाई मध्यनजर गरेर अब ३ दिन मात्रै बैकहरु खुल्ने भएका छन् । विहीबार उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न वैकर्सहरुका विचमा भएको छलफलमा ३ दिन बैक खोल्ने सहमति भएको हो ।

आइतवार, मंगलबार र बिहिवार वैकहरु खुल्ने विहान १० बजेदेखि दिउँसो १ वजेसम्म बैक खोल्ने निर्णय भएको हो । बैंक खोल्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्नु पर्नेछ ।

पछिल्लो समय बंैकमा जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिन आउँदा बाक्लो भिड लाग्ने गर्दा संक्रमणको चूनौति बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार