बंगुर पालनबाट बार्षिक लाखौँ कमाई

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार


विकास डाँगी
तुलसीपुर, १ जेठ :
दाङ दंगीशरण गाउँपालका वडा नम्बर ५ का हिरालाल चौधरीले बंगुरपालन व्यवसायबाट बार्षिक ५ लाख जति आम्दान गर्दै आएका छन् । विगत २ वर्षदेखि बंगुरपालन गर्दै आएका छन् । बज्र बहुउद्देश्य कृषि तथा पशुपालन फार्मबाट दर्ता गरी उनले व्यवसायिक रूपमा बंगुर पालनमा लागेको बताए ।

उनले पनि प्रत्येक वर्ष बंगुरपालन व्यवसायीबाट ५ लाख आम्दानी गर्ने गरेको बताए । अहिले खोरमा साना र ठूला गरी ४० वटा बंगुरहरु भएको समेत बताए । बंगुरको मासुका लागि काठमाडौं, पोखराबाट समेत माग हुने गरेको उनको भनाई छ। त्यसैगरी, पाठालाई ४५ सय र पाठीलाई ४ हजारमा बिक्री गर्ने गरेको चौधरीले बताए । उनले लकडाउनको कारण दाना पाउन समस्या भएको समेत बताए ।

त्यसैगरी उनले यो ब्यवसायीलाई अझ ठुलो बनाउने सोच भएता पनि आफुलाई अहिले सम्म कतैबाट सहयोग नभएको समेत बताए । बंगुरहरुको बिमा समेत हुने गरेको उनले बताए । ‘ ठुलो बंगुरको २५ हजार सम्म हुन्छ,’ उनले भने,‘ सानोको ८ देखी १५ हजार सम्म हुन्छ । अहिले सम्म यो पेसाबाट सन्तुष्टि नै छु । ’ त्यसैगरी दंगीशरण गाउँपालिका ४ बैवाङमा श्री सतीदेवि बंगुर फार्मका सञ्चालक रविसन चौधरीले पनि लकडाउनका कारण दानामा समस्या भएको उनले बताए।

‘बजारबाट दाना ल्यान मिल्दैन, घरमै धान मकै पिसेको खुवाउँदै आएको छौं,’ उनले भने,‘ बंगुर पालनबाट राम्रै आम्दानी हुन्छ। बजार पनि राम्रै छ, तर समस्या भनेको दाना हो।’ त्यसैगी तुलसीपुर १८ हेमन्तपुरकी मधुमाया जिसीले २०६४ सालदेखि साना खोर बनाएर बंगुरपालन सुरु गरिन ्। २ वटा बंगुर पालनबाट शुरु गरेकी जिसीले अहिले व्यवसायी रुपमा पालन गर्दै आएकी छन ।

आरविएस पशुपक्षी फार्म दर्ता गरी संचालन गरेकी जिसीसँग हिजो आज माउ र बच्चा गरी ७३ वटा बंगुर छन्। बंगुरपालन व्यवसायबाट सम्पूर्ण खर्च कटाएर वार्षिक ७ लाख जति नाफा हुने उनको अनुमान छ। तर, अहिले लकडाउनका कारण उनलाई बंगुरका बच्चा नबिक्दा दाना पानीको समस्या भएको बताइन्।

अहिले उनको फर्ममा ४० भन्दा बढी साना पाठापाठीहरु बिक्रीका लागि तयार भइसकेका छन्। तर, लामो समयसम्म बन्दाबन्दी हुँदा बिक्री नभएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार