• २०७७ कार्तिक १५ गते शनिवार

तुसीपुरमा सुरु भयो श्रम बैकको काम, दैनिक ज्याला ५२५

Author Logo..
अनलाइन राप्ती २०७७ जेष्ठ १ गते बिहिवार


तुलसीपुर, १ जेठ : तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्नका लागि कामको सुरुवात गरेको छ । कोरोना संक्रमणका कारण भएको लकडाउन लम्बिदै जादाँ अतिविपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेको काम बन्दभएपछि उपमहानगरपालिकाले कामका लागि खाद्यान्नको अभियान अगाडि सारेको थियो ।

त्यसै अनुसार उपमहानगरले विहिवारदेखी श्रममा लगाउन शुरु गरेको उपमहानरका सुचना अधिकारी बाबुराम न्यौपानेले बताए । उपमहानरले लगडाउन शुरु भएदेखी बैशाख ३१ गते सम्म पहिलो चरणमा १९ वटै वडाका अतिविपन्न तथा दैनिक ज्याला मजदुर गर्ने ८ हजार १०५ परिवारलाई राहत वितरण गरेको समेत उनले बताए ।

श्रम बैकमा काम गर्नेहरुलाई दैनिक सरकारले तोकेको ५२५ ज्याला दिने र त्यहि अनुसार खाद्यान्न दिईने, खाद्यान्न लग्दा पनि पैसा बचत भएमा नगद भुक्तानी पनि दिईने सुचना अधिकारी न्यौपानेले बताए । उपमहानरले सरसफाई, सडक निर्माण, वृक्षारोपण लगायतका विभिन्न योजनाकामा उनीहरुलाई काममा लगाइने गरी उपमहानगरपालिकाले कार्य्विधि समेत बनाएको विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले बताए ।

श्रम बैकमा काम गर्न इच्छुकले वडा कार्यालय मार्फत फाराम भरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएकोे समेत उनले बताए । उनले वडाले आवश्यकताका आधारमा योजनाको छनोट गरेर आवश्यक श्रमिक संख्याको आधारमा सिफारिस गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार