
बुटवल : बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका कपिलवस्तुका ८ जना संक्रमितमध्ये ३ जना सुरक्षाकर्मी रहेको खुलासा भएको छ। अन्य पाँच जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएका बताइएकाे छ। बुधबार संक्रमण पुष्टि भएका सुरक्षाकर्मीहरुमध्ये एक जना सशस्त्रका सई, एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पुष्टि गरे। यसअघि मंगलबार मात्रै जिल्ला स्थित तौलिहवा जिल्ला अस्पतालकी एक नर्समा कोरोना संक्रमण देखिएको थियो।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस