• २०७७ कार्तिक ११ गते मङ्गलवार

दाङमा जिपले ठक्कर दिदाँ एक बालक गम्भिर घाइते

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३१ गते बुधवार


दाङ, दाङमा जिपले ठक्कर दिदाँ एक बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका ६ खिलतपुर निबासी भुपेन्द्र वलीका ४ बर्षका छोरा सचिन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बालकलाई हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको लु१ज ३५३९ नम्बरको जिपले खिलतपुरमा ठक्कर दिएको थियो । गम्भिर घाइते बालकको तुलसीपुरमा रहेको तुलसीपुर सिटी हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । ठक्कर दिने चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार