• २०७७ फाल्गुन १५ गते शनिवार

दाङका २५ जना पत्रकारको स्वाब संलकन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३१ गते बुधवार


घोराही, ३१ बैशाख : दाङमा कोरोना संक्रमण नदेखिए पनि दाङका पत्रकारहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वाव संकलन गरिएको हो ।

बुधबार विभिन्न सञ्चार माध्यमहरुमा काम गर्ने २५ जना पत्रकारको पिसिआर परिक्षण गर्नका लागि स्वाव संकलन भएको शाखाका अध्यक्ष सबिन प्रियासनले बताए ।

कोरोना भाईरसको संक्रमणको बेला सुचना संकलन र सम्प्रेषणका लागि जिल्लामा पत्रकारहरु खटिएका छन् । अहिले केहि पत्रिकाहरु निरन्तर रुपमा प्रकाशित भैरहेका छन्, भने अनलाईन, रेडियो र टेलिभिजनहरु सञ्चालन भैरहेका छन् । प्रतिष्ठानका पिसिआर इन्चार्ज बिनित रेग्मी र ल्याब टेक्निसियन बिरेन्द्र आचार्यले स्वाब संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार