• २०७७ मङ्सिर ९ गते मङ्गलवार

नेपालमा २ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २१९

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ३१ गते बुधवार

काठमाडौं : नेपालमा फेरि २ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित बाँके नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरुष हुन्। धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

त्यसैगरी अर्का कपिलवस्तु ५ निवासी २२ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणअनुसार उनको कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार